न तिमीले सक्यौ ती गोरेटो छिचोल्न न मैले सके जंघार तर्न

लक्ष्मी मैनाली पाठक

तिमी वेवास्तै गर मायालु
काफी छन् तिम्रा यादहरु
न तिमीले सक्यौ ती गोरेटो छिचोल्न
न मैले सके जंघार तर्न
तैपनि त तिम्रो पैतालाको डाम
काफी छन् मेरा मन विथोल्न्न
बिहानीले मुस्कान छरे सरी
फैलिएको छौ मनदेखि मुटुसम्म
तिमी साथ छैनौ त के भो र
यादहरु छन् स्वासप्रस्वासमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button