
प्रिय नआऊ तिमी मेरो सामु मलाई रुवाइ अन्तै डेरा जमाउन सक्छौ भने
तारा श्रेष्ठ
विराटनगर-६
मेरा हरेक शब्दले तिम्लाई दुख्छ भने
मेरा बात-बातले तिम्लाई घोच्छ भने
भयो, प्रिय नआऊ तिमी मेरो सामु
मेरो न्यानो सासले तिम्लाई पोल्छ भने ।
मेरा हरेक शब्द तिम्लाई गाली हुन्छ भने
अरुकै उक्साहट तिम्लाई ताली हुन्छ भने
भयो, प्रिय नआऊ तिमी मेरो सामु
मेरो चोखो माया तिम्लाई जाली हुन्छ भने ।
म बिना नै तिमी रमाउन सक्छौ भने
ती हात अरुलाई नै थमाउन सक्छौ भने
भयो, प्रिय नआऊ तिमी मेरो सामु
मलाई रुवाइ अन्तै डेरा जमाउन सक्छौ भने ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)