सुकिलामुकिला सहर पाल्न खेत जाँदै गरेका कर्मवीरे काका र हर्कवीरे भतिजा

शुभकामना

नारायण घिमिरे

भाग्यको ओसिलो आँठोमा
कर्मका कर्मठ बहरहरु नारेर
असारे हिलोसँगै
अभावका असंख्य अप्ठेरा हरुलाई लत्याउँदै
आशाको उम्दा असार रोपि
भरोसाको भरभराउँदो मंसिर भित्र्याएर
सदाझै
सुकिलामुकिला सहर पाल्न
खेत जाँदै गरेका
कर्मवीरे काका र
हर्कवीरे भतिजा हरुलाइ
दुध बेचेर
मदिरा फलाउने
विकासे सहरबाट
स्वाधीनता सुम्पेर
परधीनतामा रमाउने
हामी परजीवी मानवहरुको
दहीचिउरे भाकामा
धानका बेर्ना सँगै
जीवन हुर्काउने
धान दिवसको शुभ-कामना
असार पन्द्रको शुभ-कामना !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button