
छिमेकमा कोही भोको देख्न नपरोस्
कथाः छिमेकी
सागर ‘मणि’ थापा
चोभार ओपी, कीर्तिपुर–७
राजधानी सहर । गाउँबाट नगर बनेको बस्ती । रैथानेहरू विस्थापित हुँदै गएको अवस्था छ । त्यही बस्तीमा एउटा परिवार पनि बस्दै आएको छ । घरका मूली हुन्— कृषक लालकुमार । एक जमानाका शिक्षक हुन् उनी । उनको त्यो चारित्रिक विशेषेता अब एकादेशको कथाजस्तै भइसकेको छ ।
बिहानको समय छ…।
कृषक लालकुमार घरको बार्दलीमा बसेर हुक्का तानिरहेका छन् । तमाखुको कुलतले गाँजेको छ उनलाई पनि । लाग्छ, त्यो पनि स्थानीय पर्वभैmँ अनिवार्य भएको छ । यद्यपि, उनका दाँतहरू साबुतै छन् । ज्योतिवद्र्धक चश्माको पनि आवश्यकता परेको छैन ।
आपैmभित्र हराइरहेका कृषक लालकुमारको एकाग्रता भङ्ग गर्न रामप्रसाद नामको दलाल आइपुग्छन् । उनी भन्छन्, ‘मैले सुनेको छु कि लालु बाजे जग्गा बेच्ने सुरमा हुनुहुन्छ रे ! यदि बेच्ने नै हो भने राम्रो मूल्य दिने ग्राहक मैले भेटेको छु बाजे ।’
नाति पर्ने दलाल बोलीमा पूmलबुट्टा भर्छन् र बाजेलाई पगाल्न खोज्छन्, ‘फेरि म त हजुरकै छिमेकी पनि हुँ । नातिजस्तो केटालाई नपत्याएर अरू कसलाई पत्याउने हो र बाजे ? उमेरमा कत्ति हिलोमाटोमा हातगोडा गाड्ने हो र बाजे ।’
रामप्रसादको मनगणन्ते कुरा सुनेर लालु बाजेले हप्काइदिए, ‘के साइनो न सपनाको कुरा गर्छस् बज्जे तँ ! मैले कसलाई भनेको रहेछु जग्गा बेच्न लागेको छु भनेर ? सुनजस्तो धान फल्ने खेत बेचेर पछि म वृद्धाश्रममा गएर बसूँ ?’
बाजेले त्यति कुरा के गरिदिएका थिए, दलाल रामप्रसाद यसो भन्दै टिमुर्किएर हिँडे, ‘नबेचे नबेच्नोस् न त । तपाईँको मात्र जग्गा छ र यो बस्तीमा ? कसैको कल्याण गर्ने जमाना नै हैन यो !’
कृषक लालकुमार शङ्काको सुई आफ्नै नाति रमणकुमारतिर घुमाउँछन् । अतः हुक्काचिलिम थन्काएर नातिको खोजीमा लाग्छन् ।
उता रमणकुमार गाउँको पसलमा देखिन्छन् । उनी केही दलालहरूसँग चिया पिउँदै हुन्छन् र घरजग्गाको बारेमा गफ फाँडिरहेका हुन्छन् ।
कृषक लालकुमार दुवै हात पछाडि बाँधेर हिँडिरहेका थिए । उनको भेट एकजना छिमेकीसँग हुन पुग्यो । उनी हुन्, हेमप्रसाद । उनी इलाम जिल्लाबाट आएका हुन् । करिब नौ वर्षदेखि लालकुमारका छिमेकी बनेका छन् । पद हो, नेपाल सरकारको सहसचिव ।
हेमप्रसादले कृषक लालकुमारलाई ‘किसान दाइ’ सम्बोधनले सम्मान गर्दै आएका छन् । अनि किसान दाइले चाहिँ ‘अफिसर भाइ’ भन्दै सम्मानित व्यक्तित्वको रूपमा हेर्दछन् । असल छिमेकीका हैसियतले एकार्काले आन्द्राभँुडी खोलेर देखाइदिइसकेका छन् ।
त, अफिसर भाइले किसान दाइलाई बैठक कोठामा लगी सातुपानी र कालो चियाले सत्कार गरे । किसान दाइले ‘धानखेत बेच्न लागेका छन् रे’ भन्ने हल्ला सुनेदेखि अफिसर भाइलाई छटपटी भइरहेको थियो ।
उनी किसान दाइलाई सम्झाउन थाल्छन्, ‘हजुरले कुनै पनि हालतमा जग्गा बेच्न हुँदैन है किसान दाइ । मैले सुनेको छु कि, हजुरकै नाति रमणकुमार हात धोएर लागेका छन् रे ! सम्झाउनोस् न आफ्नो नातिलाई ।’
किसान दाइले भने, ‘तपाईँ चिन्तै नलिनोस् अफिसर भाइ । म कुनै पनि हालतमा जग्गा बेच्ने छैन । पहिले पो गतिलो बास थिएन र बेचियो । अब के नपुग्दो छ र भएभरका जग्गा सिरिखुरी पारेर बेच्छु म ? मैले कुरै गरेको छैन तर बाहिर बाहिर हल्ला चलाएका रहेछन् अफिसर भाइ !’
केही बेरको भलाकुसारीपछि किसान दाइ घर फर्किन ठीक परे । त्यसै बेला अफिसर भाइकी श्रीमती देखा परिन् । सुजाता हो तिनीको नाम । पदचाहिँ एक सरकारी बैँककी अधिकृत । तिनीको अतिरिक्त रूचिको विधा हो, नेपाली साहित्य ।
तिनीले एउटा झोला समातेकी थिइन् । तब भनिन्, ‘किसान दाजु । लिनोस् यो ।’
मुसुक्क हाँस्दै किसान दाजुले ठट्टा गरे, ‘यो झोलाभित्र के छ, कवितामै भनिदेऊ न कवि बहिनी ।’
सुजाताले समयसान्दर्भिक एक मुक्तक सुनाइन् ।
‘हजुरको बारीको तरकारी केही हामी खाउँला
हाम्रो बगैँचाको केही फल हजुरलाई दिउँला ।
छिमेकमा कोही भोको देख्न नपरोस् हामीले,
सधैँभरि माया साट्दै मिलिजुली जिउँला ।।’
‘वाहा ! वाहा !! वाहा !!!’
किसान दाइले प्रशंसा गर्दै ताली बजाए । श्रीमतीको साहित्यप्रति श्रीमान्को अनुराग नहुने त कुरै भएन । त्यही भएर किसान दाइसँगै उनले पनि ताली बजाए ।
किसान दाइ झोला बोकेर आफ्नो घरतिर लागे । उनी घरको गेटनेरै पुगिसकेका थिए । फेरि के सोचेर हो, फरक्क फर्किएर पसलको बाटो तताउन थाले । उनको मन हावा भरेको बेलुनभैmँ जमिनमाथि उडिरहेको थियो । उनी अफिसर भाइको कुरालाई हरेक कोणबाट नापजोख गरिरहेका थिए ।
उनी तर्कनामा डुबेरै पसलमा पुगे । तर त्यहाँ उनका नाति थिएनन् । पसलेले पनि जग्गाकै विषयमा कुरा सुनाइदिए । उनी पनि दलालभन्दा कमका थिएनन् । उनकै संयोजकत्वमा धेरैको घरजग्गा बेचिएको थियो । त्यतिको लागि त भाडा तिरी तिरी चिया—पसल थापेका !
कृषक लालकुमारले पसलेलाई मुखभरिको जवाफ दिए र तुरून्तै फर्किए । बेहोशी पाराले हिँडिरहेका हँुदा झण्डैले ढोकामा ठोक्किएनन् । शीतलादेवी तुलषाको मठमा पूजा गर्दै रहिछन् । तिनी लालकुमारकी श्रीमती हन् । पतिको बेहोशी पारामाथि शीतलाले कडा प्रतिक्रिया दिइन्, ‘ए माड्साप, के सोचेर हिँडिरहनु भएको छ ? अनि हातमा केको झोला हो नि ? आज पनि तपाईँको अफिसर भाइकी श्रीमतीले फलपूmल दिएर पठाइन् कि के हो बूढा ?’
‘झोला मात्रै दिएकी हैनन् । कविता पनि सुनाइन् । अब त चित्त बुझ्यो तेरो ?’
बूढालाई त्यत्तिकै झ्वाँक चल्यो र नमिठो वचन लगाए । शीतलादेवीले सोधिन्, ‘माड्साव त नातिलाई खोज्दै जानुभएको थियो । भेट्टाउनुभयो त ? तपाईँ गएपछि रामप्रसाद फेरि आएको थियो । जग्गा किन्ने दुईजना मान्छेहरू पनि सँगै आएका थिए ।
‘हे भगवान् ! फेरि जग्गा बेच्ने कुरा ?’
किसान दाइ आफ्नो टाउको समात्छन् । हजुरबा र हजुरआमाको बहस चल्दै गर्दा नाति आइपुग्छन् । ओहो ! बिहानै मादक पदार्थ सेवन गरेर आएका ? नजीक पर्नासाथ मुख ह्वास्स गनायो ।
हजुरबाले गाली गरे, ‘थुक्कः मोरा ! हेर हेर यो मान्छेको चाला ! रासायनिक मल आयो कि आएन भनेर बुझ्न पठाएको मैले । भट्टीमा बसेर कुकुरको मूत धोकेर आइस् हैन ?’
नातिले झन् रिस उठ्ने कुरा गर्न थाले, ‘जग्गा बेचौँ हजुरबा’ भन्दा आपूm नमान्ने । घरैमा ग्राहक ल्याउँदा पनि भड्काइदिने । अनि मान्छेलाई ‘टेन्सन’ हुन्छ नि । एक जमानामा तपाईँ पनि त पिउने गर्नुहुन्थ्यो । नातिलाई मात्रै गाली गन पाइन्छ ?’
‘तैँले कहिले देखिस् ए बज्जे ?’ हजुरबाले पिटूँलाभैmँ गरे । स्वाभाविक हो । ‘उहिलेका कुरा खुइले’ भैसक्यो । तर ‘किसान दाइले रक्सी पिउँथे रे’ भनेर पसलतिर हल्ला सुनेकै भरमा नातिले आरोप लगाएका थिए ।
नातिले जँड्याहा तालमा सजिलै जवाफ दिए, ‘कति दुःख गर्ने । न त बेलामा मल पाइन्छ । न त खेताला नै । फेरि ज्याला–खाजा पनि उठ्दैन । खुरुक्क बेचिदिए त टन्टै साफ नि । पैसा पाएदेखि मैले पनि एउटा ‘बिगनेस (बिजनेस)’ गर्ने थिएँ ।’
‘उस् गरिस् तैँले बिजनेस् !’ हजुरबाले लोप्पा ख्वाइदिए । त्यसपछि उनी सरासर ‘किचेन’ मा पुगे । रमणचाहिँ रन्केर र फन्केर बाहिर निस्किए ।
किचेनमा लालकुमारकी नातिनीबुहारी खाना पकाउँदै थिइन् । तिनीको नाम पार्वती हो । सरकारी विद्यालयकी गणित विषयकी शिक्षक । असाध्यै परिश्रमी । जागीर खाँदै खेतीकिसानीसमेत गर्न भ्याउनु भनेको त ठूलै कुरा मानिन्छ ।
पार्वतीले दूध दिइन् । बाजे–ससुरा दूध पिउँदै उदासीन मुद्रामा भन्छन्, ‘स्वर्गमा सुख, चयन गरेर बस्नु पर्ने नारी । यस्तो नरकमा परेर दुःख भोगिरहेकी छौ ।’
नातिनीबुहारी चकित पर्दै भन्छिन्, ‘लौ ! यो के भन्नुभएको हजुरले ? म कसरी नरकमा परेँ ? मलाई धेरै माया गर्ने हजुरबा र हजुरआमा हुनुहुन्छ । मलाई काममा सघाउने मेरी छोरी पनि छ । मेरो लागि त यो घर नै स्वर्ग हो हजुरबा ।’
हजुरबा खिस्स मुस्काउँदै उठे । हातको रित्तो गिलास लिएर धारामा गई माझ्न लागे । नातिनीबुहारीले त्यसो नगर्न बिन्ती गरिन् । पखालेको गिलास ठाउँमा राखेर रुमालले हात पुछ्दै हजुरबाले भने, ‘सुन्दा पनि मलाई अचम्म लाग्छ के नातिनी ! मेरो जँड्याहा नातिलाई पनि ‘सर’ भन्छन् मान्छेहरू ! केको सर त्यो ?’
‘म ‘टिचर’ भएकी हैसियतले मलाई ‘म्याम’ भन्छन् । म्यामको श्रीमान्लाई भन्ने त ‘सर’ नै हो नि हजुरबा । ‘सिम्पल’ कुरा ।’
पार्वतीले सहर्ष बताइन् ।
घरबाट भनभनिएर निस्किएका रमणकुमार ‘कृषि सहकारी पसल’ मा पुगेछन् । उनी त उल्टो कुरा पो भन्दै रहेछन्, ‘कुरा बुझ्नु भो पसले दाइ ? यो ‘सिजन’ मा तपैँले देशी मल ल्याउँदै नल्याउनोस् है ?’
पसले अचम्मित हुँदै भन्छन्, ‘यो मान्छेको कुरा सुनेर छक्क पर्छु म त ! कृषि पसलमा मल नबेचेर लुगा बेच्न थालूँ त म ? बिहान बिहानै रक्सी धोकेर आएका रहेछौ ! मलाई ‘डिस्टर्ब’ नगर ।’
पसलेले रमणलाई घोक्राएर बाटोमा पु¥याइदिए । रमण लरबराउँदै बाटो नापिरहेका थिए । उनको भेट रामप्रसादसँग हुन पुग्यो । रमणले रामप्रसादको काँधमा धाप मार्दै अग्रिम बधाई दिए । कुनै पनि हालतमा आफ्नो जग्गा बेचेरै छाड्ने निर्णय सुनाए । ‘दलाली भाग’ बाँडेर लिने प्रस्ताव पनि राखे ।
यसोउसो गर्दै खेतमा रोपाइँ गर्ने दिन पनि आइपुग्यो । तर रासायनिक मल पाइएन । देशमा ‘गणतन्त्र’ नामको शासन व्यवस्था लागू भएपछि रासायनिक मल त सुनभन्दा पनि महँगो हुन थाल्यो । अभावको वस्तु हुन थाल्यो । खेती गरेर खान नसकिने भइयो ।
काठमाडौँमा बस्ती बढ्दै गएर सग्ला जग्गाहरू आना—आनामा टुक्रिसकेका छन् । खेती योग्य जग्गाहरू ‘कङ्क्रिट जङ्गल’ मा अनुवाद हुँदै जाँदा छन् ।
रोपाइँ गर्ने अघिल्लो साँझ…।
किसान दाइको घरमा हेमप्रसाद टुप्लुक्क आइपुगे । उनलाई किचेनकै खाली कुर्सीमा बसाइयो । हेमप्रसादले आफ्नो घरको इनारको पानी दिने कुरा गरे । अनि श्रमदान पनि गर्ने निर्णय पनि सुनाए ।
त्यसो त उनको परिवारले हरेक वर्ष किसान दाइको रोपाइँमा श्रमदान गर्दै आएकै हुन् । तर शीतलादेवीको गनगन सुरू भयो । हेमप्रसाद उदास हुन पुगे । किन कि बूढीले छिमेकीलाई ‘छिमेकीजस्तो’ व्यवहार गर्न जानिनन् ।
हेमप्रसाद निस्केपछि रमणकुमार घरभित्र पसे । उनले आज पनि ‘मापसे’ गरेका थिए । पार्वतीलाई रिस उठ्यो र कठालो समातेर कराइदिइन्, ‘सहरिया बाबुसाहेब भनेर धाक लगाउँदै हिँड्छौ । तर तिमी त कोर्काली काँठे रहेछौ ! अलिकति पनि लाज मान्न पर्दैन ? यो समाजमा हाम्रो कत्रो इज्जत छ । हजुरबाको कत्रो सम्मान गर्छन् । तर नाति भनाउदो यस्ता छौ !’
शीतलादेवीलाई मन परेन । तब गाली गर्न थालिन्, ‘जागीरे भएँ भन्दैमा आफ्नो लोग्नेलाई हात हाल्ने अधिकार कसले दियो तँ जैरीलाई ? आजको दिनसम्म मैले एक लबेटा हानेकी थिइनँ । तर तैँले कठालो समात्ने ! माफी माग् लोग्नेसँग ।’
‘किन माग्ने मेरी नातिनीले माफी ?’
लालकुमारले आफ्नो हैसियत देखाइदिए, ‘तैँले पुलपुलाएर बिग्रेको हो यो । पार्वतीले कति सहोस् भन् त ? यस्ती शिक्षित श्रीमती पाउनु त यो कुलङ्घारको ठूलो भाग्य मान्नुपर्छ शीतलादेवी । भोलिको रोपाइँ छ । तर यो बेकुपचाहिँ मान्छे भड्काउँदै हिँड्छ ।’
मान्छे त खत्तमै रहेछन् नि रमण ! कोठामा बस्नेहरूलाई समेत धम्की दिएका रहेछन् । रोपाइँ गर्न नजानू रे ! कत्रो षड्यन्त्र हँ ! खेत जोत्ने ट्याक्टर साहूलाई समेत भड्काउन खोजेका रहेछन् ।
रमणकुमारले नोटको बिट्टो ‘डाइनिङ्गटेबल’ को एक छेउमा पछारे । त्यो देखेर हजुरआमा दङ्ग परिन् । तर हजुरबाले सिधै आरोप लगाए, ‘कसको घर फोरेर ल्याइस् यत्रो रकम ?’
‘बैङ्क लुटेर ल्याएँ भन्दे न नाति !’ भो त अब ! हजुरआमाले प्याच्चै भनिदिइन् । पार्वती हेरेको हे¥यै भइन् । पत्नीको मान, मर्यादालाई स्वाट्टै तल खसालेर रमणले भने, ‘थाहा छ यति पैसा कमाउन तिमीलाई कति महिना पढाउनुपर्छ ? तर मैले एक हप्ताको मिहिनेतले डेढ लाख आर्जन गरेको छु ।’
उनले पत्नीको हातमा नोटको बिट्टो राखिदिए । तर हजुरआमालाई खुब रिस उठ्यो । रमणले उक्त रकम रामदयाल नाम गरेका मानिसको जग्गा विक्री गरेर पाएको ‘दलाली भाग’ रहेछ ।
पार्वतीले पैसा लिइनन् । बाजेससुराको हातमा दिइन् । बूढाले नातिकै हातमा राखिदिँदै ‘डाइलग’ दिए— ‘तेरो ईच्छा पूरा गर्ने नाममा यो पैसा लिएर म मेरो अमूल्य जग्गाको बलि चढाउन सक्तिनँ रमण !’
बूढाले मज्जाले ठोसे, ‘एक दिन तैँले आफ्नै जग्गाको पनि ‘दलाली भाग’ खाने छस् । तर म कुनै हालतमा पनि तेरो गलत सपनालाई पूरा हुन दिन्नँ । बुझिस् तैँेले ?’
नाति खुब रिसायो, ‘नबेचे नबेचे न त बूढा ! गाउँमा घरजग्गा बेच्नेहरूको कुनै कमी छैन । मलाई तिम्रो एक पैसा पनि चाहिँदैन । मरेपछि छातीमा राखेर लैजाऊ ।’
रमणकुमारले जतिसुकै ‘भिलेन’ खेले पनि सफल भएनन् । बरु नाकको चालले ‘लाठे’ बनेर खेतमा ‘बाउसे’ गर्नै प¥यो । हजुरबाले चेताउनी नै दिएका थिए नि त । यदि नातिले खेतमा काम नगरेको खण्डमा उनको थालमा चामलको भात हैन, मकैको ढिँडो मात्र पर्ने छ ।
रोपाइँ गर्दाको समयमा दलाल रामप्रसादले किसान दाइलाई सुनाए, ‘खेत बेच्नोस् भन्दा मान्नु भएन बाजे । यो सडक फेरि चौडा पार्ने भन्छन् । जाने भयो नि त ल्याम्मै बाजेको खेत ।’
बाजेले हाँसेरै जवाफ दिए, ‘कुन ‘माइका लाल’ ले भस्काउँदो रहेछ मेरो जग्गा ? हेर्छु नि म पनि ।’
रोपाइँ सकिएकै भोलिपल्ट राधेश्यामको पसलमा किसान दाइको आलोचना सुरू भयो । रमणकुमार चिया पिउँदै थिए । एक जनाले भन्यो, ‘तेरो बाजेले सात गाउँका मानिसहरूलाई कल्पाएर राखेका छन् त्यो खेत ! बेच्न खोजेर तेरो जोर चलेन हगि रमण ?’
रमणले जवाफ दिएनन् । चिया सुर्काउँदै सुनिरहे । फेरि कसैले सुनायो, ‘भएभरका जग्गा बेचेर के फाइदा हुन्छ त ? अन्नपात नउमारे कसरी बाँच्ने ? पैसा खाएर भएन क्यारे । कसो ए रमणकुमार ? किन केही बोल्दैनस् तँ ?’
फेरि पनि रमण बोलेनन् ।
फेरि अर्कोले वाइयात कुतर्क ग¥यो, ‘आखिर जसरी पनि अन्न त किन्नै पर्छ नि । त्यसमाथि कहिले अति वृष्टि भएर पसाउन लागेका धानका बोटहरू ढलाइदिन्छन् । अनि कहिले खडेरी लागेर बाली लगाउनै मुस्किल । परार साल सबै बाली खत्तम भएको हैन र ? म भए त खुरूक्क बेचेर बैँकमा पैसा राखी त्यसैको ब्याजले बसी बसी खान्थेँ ।’
फेरि अर्कोले उचाल्यो, ‘बेच्छन् यसका हजुरबाले धान खाने खेत । आफ्नै नाति जग्गा दलाली गर्छ । बेचे भने त दलाली भाग दिनै पर्दैनथ्यो । खाए पनि यसैले खान्थ्यो । आखिर घिउ पोखिने त दालमै हो नि । कसो ए दलालजी ? किन नबोलेको ?’
‘चुप लाग मूलाहरू !’
आम्मै नि ! रमणकुमार जुरूक्क उठेर कराउन थाले, ‘मेरै सामु मेरै हजुरबाको कुरा काट्ने तिमीहरू ? मेरो सम्पत्ति बेचुँ कि नबेचूँ, तिमीहरूलाई के मतलव ?’
रमणले चियाको पैसा तिरेर बाटोमा पुगे । उनको रिस मरेको थिएन । त्यही भएर एक एकलाई छास्ने थाले— ‘ सातसात रोपनी खेतबारीको मालिकलाई दलाल भन्न शरम लागेन तिमीहरूलाई ?’
अहँ, कसैले केही बोल्ने हिम्मत गरेन । रमणको पक्षमा बोल्ने एक जना थिए । उनको हात आफ्नो निधारमा छुवाएर रमणले भावुक कुरा गरे, ‘हजुरलाई धेरै धेरै धन्यवाद छ काका । आज हजुरले मेरो आँखा खोलिदिनुभयो ।’
रमण आफ्नो घरतिर लागे । उनी गएपछि फेरि आलोचनाका शब्दवाणहरू प्रहार हुन थाले । तर काका भनिने मानिसले बेसरी हकारेपछि सबै जना चुप लाग्न वाध्य भए ।
रमणकुमार सरासर घरमा पुगे । हजुरबा बैठक कोठामा बसेर हुक्का तानिरहेका थिए । आज नातिको चाला देखेर हजुरबा अचम्मित भए । सधैँ खेत बेच्ने कुरा गर्ने नाति । तर आज चुपचाप छ !
रमणकी श्रीमती भान्छामा थिइन् । रमण तरकारी केलाउन थाले । त्यही बेला उनकी एक मात्र छोरी देखा परिन् । बाबाको अनुहार पढेपछि तिनीले सोधिन्, ‘हजुरलाई आज बिसन्चो छ कि क्या हो बाबा ? किन निन्याउरो अनुहारमा देखिनुभएको ?’
अहँ, रमण केही बोलेनन् । पत्नीलाई पीर प¥यो । तिनीले पतिको निधार छामिन् । ज्वरो आएजस्तो लाग्यो । कोठामा गएर आराम गर्ने सल्लाह दिइन् । त्यस्तैमा हजुरआमा पनि आइपुगिन् । उनले पालैसँग तिनीहरूलाई हेरिन् ।
हजुरबा पनि आइपुगे । उनको हातमा लालपूर्जा थियो । त्यो पूर्जा नातिको हातमा दिँदै उनले मार्मिक अभिव्यक्ति दिए, ‘ला नाति । अहिले खाए पनि तैँले खाने होस् । पछि खाए पनि तैँले नै खाने होस् । मेरो वंशको अंश भनेकै तँ र तेरो परिवार त हो ।’
नातिले लालपूर्जा फिर्ता गर्दै भन्न लागे, ‘मैले हजुरको भावनासँग खेडबाड गरेँ हजुरबा । हजुरको मान मर्दन गरेँ । मलाई क्षमा गरिदिनोस् । वास्तवमा म असाध्यै स्वार्थी रहेछु । भोलिका दिनमा यो घरमा आइपर्ने अन्नको सङ्कटलाई ख्याल गरिनछु ।’
‘हैन, तँलाई आज के भयो एक्कासि मेरो नाति ?’ आश्चर्य मान्दै हजुरआमाले सोधिन्, ‘कसले भड्कायो तँलाई भन् त ? खुरूक्क लालपूर्जा नलिएर के गर्न खोजेको तैँले?’
नातिले जवाफ दिए, ‘मेरो आँखा खुलिसके हजुरआमा । अब जग्गा बेच्ने हैन । बरु आधुनिक तरिकाले तरकारी खेती गर्ने हो । पेट भर्न अन्न चाहिन्छ । पैसा खान मिल्दैन ।’
अचानक नेपथ्यबाट ताली पड्काएको आवाज गुञ्जियो । सबैजनाका कान चनाखा भए । त्यो ताली प्रशंसाको थियो । छिमेकी हेमप्रसाद देखा परे ।
हेमप्रसादले जानकारी गराए, ‘अन्तत्वगत्वा हाम्रो ‘टिकेट फिक्स भयो’ किसान दाइ । त्यही भएर म किसान दाइको परिवारसँग…।’
यस पटक पार्वती पहिले बोलिन्, ‘हजुरहरू निश्चिन्त भएर अष्ट्रेलिया भ्रमणमा जान सक्नुहुन्छ सर । हामी छौँ नि । आखिर मर्दा र पर्दा काम लाग्ने त छिमेकी नै हौँ नि ।’
दङ्ग पर्दै हेमप्रसादले भने, ‘त्यही भएर त असल छिमेकी चाहिन्छ भनेको पार्वती नानी । मैले किसान दाइहरूलाई कति सहयोग पु¥याएको छु, त्यो त मलाई थाहा छैन । तर हामीले तपाईँहरूबाट धेरै सहयोग पाएका छौँ किसान दाइ ।’
‘यस्तो कुरा गरेर किसान–परिवारलाई लज्जित नबनाउनोस् न हेम सर ।’ रमणले यथार्थपूर्ण कुरा सुनाए, ‘हजुरले पानी नदिनुभएको भए हाम्रो खेतमा रोपाइँ हुन सक्दैन थियो ।’
अन्ततः किसान दाइहरूले हेमप्रसाद र सुजातालाई राता टीका लगाइदिएर बिदाइ गरे । करिब एक वर्षसम्म उनीहरूको घर किसान दाइको परिवारको संरक्षकत्वमा रहने भयो । असल छिमेकी पाएर ती दुवै परिवार ढुक्क छनु । खुसी छनु र सुखी छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)