एभरेष्ट मर्निङवाकमा कुमार नगरकोटी

कमल ढकाल
कभरफोटो नगरकोटीको फेसबुकबाट

१) एकाबिहानै फोन आएछ, ‘हामी आउँदैछौ तपाईलाई लिन । नगरकोटीले घाट र गल्ली डुल्ने हैन एभरेष्टमा मर्निङ वाक गर्ने हो ।’

जिल्ल पर्दै के भनेको होला भनेर यताउता हेर्दा हेर्दै कुमार नगरकोटीको बसाई बालकुमारी नजिकै तीन जवान आईहालेछ्न् ।
उनीहरुले गाडीमा एयरपोर्ट लगेछन् । ‘छनछनि ३ लाख प्लस’ पैसा तिरेर एभरेष्टको लागि हेलिकप्टर रवाना भयो ।

उनीहरुले भने, ‘दाइ, तपाईं क्याप्टेनसँग बस्नु ।’ उनीहरु पछाडी बसे ।एकै छिनमा एभरेस्ट पुगिहाल्यो हेलिकप्टर ।

घरमा बुढीलाई फोन गर्दै भनेछन्, ‘सावित्री म मर्निङ वाक निक्लेको, अलिक ढीला हुनेभयो आज ।’

‘कहाँ कता हो र ?’

‘म यसो एभरेस्टमा मर्निङ वाक आएको ।’

अरु साथीहरूलाई पनि कल गरेर भनेछन्, ‘म यहाँ माउन्ट एभरेस्ट आएको छु मर्निङ वाक ! ल १२:०० बजेपछि भेटौला ।’

साथीहरु पनि चकित ! १२:०० बजेपछि बालकुमारी नजिकै ईमाडोलका भाइहरुले घरमा लगेर छाड्दा नगरकोटी पनि छक्क !

२) सत्यमोहन पुस्तकको लागि गिरीश गिरी, भुपेन्द्र खड्का र कुमार नगरकोटी देश दौडाहामा । बुटवलमा यस्तो फ्यान भेटिएछन्, जसले नगरकोटी मात्रै भेटन आएको अरूको मतलव नभएको बताउदै एकछिन नगरकोटीसँग गफ मारेछन् । जाने बेला सुटुक्क निस्केर सबले खाएको बिल तिरेछन् । ‘६५०० भयो भनेर साउजीले ५ सय डिस्काउन्ट ल तपाईलाई ६००० दिनु’ भन्दा उनले भनेछन् ‘हैट, नगरकोटीको फ्यानले डिस्काउन्ट लिन्छ, खुरुक्क ६५०० लिनु ।’

३) एकदिन वसन्तपुर जान पठाओ बुक गरेछन् । पठाओको ट्याक्सी उनको फ्यान परेछ । उसले ‘हैट ! तपाईं कहाँ वसन्तपुर जाने ! तपाईं घाटतिर जानुपर्दछ’ भनेर जवरजस्त घाटमा ल्याएर छाडेर पैसा लिएनछ ।

४ ) डिंङ्गो लगाईरहेका नगरकोटीले यो पनि फ्यानकै कृपा भन्दै कथा हाले, ‘एक पसलेले मलाइ स्वामी जी भन्थे । म पनि उनलाइ स्वामी जी भन्थे । आफूले डिँङ्गो मन परेको बताएपछि उनले त्यो प्रिजेन्ट दिए ।’ कति दाम होला र, यसको त्यहि ५-१० हजार होला भन्ने जिज्ञासा लागेर उनले सोधेछन् ।

उनले भनेछन्, ‘४५ हजार ।’

घरमा आएर ‘ल हेर, सावित्री ४५ हजारको डिङ्गो प्रिजेन्ट’ भन्दा श्रीमती छक्क परिछन् ।

एक दिन अर्को कलरको डिङ्गो उनलाई मन परेछ । उनले ‘ल स्वामीजी मसंग १०००० हजार छ, यो लिनु, हरेक महिना मेरो लेख कान्तिपुरमा आउदा तपाईं पढिहाल्नु हुन्छ, सम्झनु १००० को दरले तपाईको पैसा घट्यो ।’

अर्को महिनादेखि लकडाउन भएछ । त्यसपछि त्यो जुत्ताको पैसा पनि उनले लिएनछन् ।

पत्रकार किशोर नेपाल उनलाई नयाँ शब्द कोरल्ने कुमरकोटी भन्दछन् । लेखक खगेन्द्र संग्रौला भने बयलकोटी ! घाटकोटी भनेर एक ड्राइभरले भनेछ ।

नगरकोटीले गत महिना आफैले आफैलाई ‘नगरकोटी फेस्टिभल’ मनाए । चाँगु नारायणमा भुकम्प केन्द्रविन्दु भएको दिन त्यहि दिनभर बसेर लेखे ।

अर्को दिन मानसिक अस्पताल पाटनको क्याफेमा बसेर लेखे ।

अर्को दिन जावलाखेल चिडियाखाना र अर्को दिन पाटनको गल्ली गर्दै आफैले आफैलाई महोत्सव मनाए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button