सगरमाथाबाट देखेको देश

टंक सुवेदी

साना साना मान्छे तर सारै ज्याद्रामा गनिन्छन्
नदीनाला कति राम्रा विश्वमा नै चिनिन्छन्
कला संस्कृति अद्धितिय सधैं यहीँ थिए
गन्थन चिन्तन खास धेरै छैन मनभित्र लिए
भानुभक्त, अरनिकोहरु किन असल भएका थिए ?

कृषिप्रधान देशमा न त कृषि नै प्रधान छ
के थियो यो देश हिजो के भयो आज एउटै रटान छ
हिमालय तेसै राम्रो झन राम्रो मधेस र पहाड
महँगोमा बाँचेपछी सायद त्यसै बलियो हुन्छ ढाड
सम्भवत मरिहाल्ला कि रहन्छ छाला र हाड ।

दशै आउँछ, तिहार आउँछ, ल्होसार र रमजान
महङीले जनता सुक्दा नेता बन्छन् अन्न्जान
उधोउली र उभोउली, क्रिसमस आएको बेला
हजार पर्ने एउटा स्याउ गाउँभरी खाने खेला
तेलको भाउ बढे गधा चढ्ने सम्झिदै नेताजीको रेल ।

टाकन्टुकन जे जे गर्नु घर, गाडी, सुन र पैसा जोड्नु
खेती गर्दा इज्जत जान्छ बरु अरुको टाउको फोड्नु
साहसी र स्वाभिमानी भन्दै यताउता नाता जोड्नु
काम गर्दा लाज लाग्छ बरु दाइजो र चन्दा माग्नु
वाक्क लागे देशलाई गाली गर्दै विदेशतिर भाग्नु ।

हिमालमा हिउँ छैन, लाजले घुम्टो उघ्रेजस्तो
सबै कुरा राम्रै थियो, किन आज भयो यस्तो
नदीनाला हेर्दा लाग्छ, बग्दैछ आमाको आँशु
हिजोको गौप्राणीले खान थाल्यो मासु
जनता नै नरहे स्वाभिमानी देश मरु कि बाँचु ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button