सप्रेर आ’छु असिनाले कुटेको बाली हुँ, रुखो जमिन चिर्दै गर्दा टुटेको फाली हुँ

३ मुक्तक

एक्लो प्रितम खड्का
तिलोत्तमा, रुपन्देही

सप्रेर आछु असिनाले कुटेको बाली हुँ
रुखो जमिन चिर्दै गर्दा टुटेको फाली हुँ !
मान्छेपिच्छे नजरिया फरक भएता पनि
बगैंचा हरियालीनी पार्न जुटेको माली हुँ !!

उल्लास छैन बिलौना मात्रैको पाटो भो जिन्दगी
गैरिखेत होइन बग्रेठो मिश्रित माटो भो जिन्दगी !
किन हो किन निराशाका पहाड आइ तेर्सिराछन
बाढी पहिरोले बगाइ पुरिएको बाटो भो जिन्दगी !

परिस्थिति जे आए नि धिर बन्ने स्वभाव
डगमगाउन्न कत्ति पनि स्थिर बन्ने स्वभाव !
समुद्रको गहिराइ हो पचाइदिन्छु सबैसबै
नझुकिने निडर अटल शिर बन्ने स्वभाव !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button