
‘च्याट बन्द गरेर सुत, अबको दुई घण्टापछि सपनीमा आउँछु नि भेट्न’
लघुकथा: मायाको बर्को
मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी, हालः तिलोत्तमा-२, रुपन्देही
“तिम्रो गाउँ आएकी थिएँ, भेट हुन सकेन ।”
“म बाहिर गएकै साइत पारेर आइछ्यौ त ? कमसेकम फोन गरेर या यस्तै म्यासेज गरेर आएको भए त हुने नि ।”
“सानो काम लिएर आएकी थिएँ, सानीमाको घरमा ।”
“कति छ त बसाई ? तीन दिनपछि म आइपुग्छु नि ।”
“म फर्कि सकेँ ।”
“निष्ठुरी !”
“खुब् ?”
“तिम्रो मायाको बर्को ओढ्ने रहर थियो ।”
“भेटै हुँदैन त के गर्छौ ?”
“ल राती भयो, च्याट बन्द गरेर सुत । अबको दुई घण्टापछि सपनीमा आउँछु नि भेट्न ।”
“हा हा हा हा !”
“साँच्चै हो । मैले मनको तरङ्ग पठाइसकेँ । नपत्याए भोली भन्नु ।”
“होला खुबै ?”
“शुभरात्री, शुभ सपनी ।”
अर्को दिन बिहानै म्यासेज आउँछ, “वेइमान मान्छे ! कस्तो लाजै न’भाको ?”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



