कविताः रारा ताल

सरिता पराजुली

भरिभराउ पानी
सितल हावा
चिसो चिसो रात !

चाँदनी रातको
उज्यालो जुन भित्र
तिम्रो अनूहारको प्रतिबिम्ब
सुनसान रात रमाइलो बाताबरण
मेरो मन भने
तिम्रोतिर टोलाई रहन्छ !

रारामा तैरिएका
राता निला डुङ्गा हरु
ताल सँगै तरंगित हावाको बेग
म भने निसब्द छु !

रारा भित्रै तरङिएर
चराहरुको चिरबिरले
जिस्कायको जस्तो !

रूमानि रात
मेरो एक्लोपन
तिम्रो सम्झनामा रुमलिदै
म भने निसब्द !

ताल भन्दा गहिरो मेरो माया
म केही नबोली बगिरहे
रारामा देखेँ
हाम्रो माया तरङित !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button