धेरै समय बितिसक्यो, तिम्रो केही खबर आएन

कविता

सुमन लावती

धेरै समय बितिसक्यो हो
तिम्रो केही खबर आएन
कहाँ छेउ अहिले तिमी
मलाई केही थाहै छैन ।

बदलिरहने समयसँगै
तिमी पनि बदलिएउकी
बगीरहने खोला जस्तै
तिमीले मलाई भुलेउकी ?

सँगै जीउने सँगै मर्ने
वाचाबन्धन थियो हैन र
देउरालीको वरपिपलमा
कसम खाको बिर्सिएउ र ?

तर आज मलाई छाडी
एक्लो बनाइ गयौं
रुँदा, रुँदै जीउँदै मर्ने
अर्ध लाश बनाइ दियौ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button