पुजारीसँग पनि त धुपौरो छ

गजल

कविता केशरी

तिमीसँग त बिकल्प छ लौरो छ
पुजारीसँग पनि त धुपौरो छ ।

केही त हुन्छ जे छैन ठानेका छौ
माग्ने भिखारीसँग नि कटौरो छ ।

सुनको धारा छ र त सुनधारा भयो
छ छ धरहरा जोड्ने मस्यौरो छ ।

नेताका सबै गुण सकिए नठानौँ
आस्कोट भित्र पुरानो दौरो छ ।

साथ बिना हुन्न कोही जीवन सिद्ध
सम्झ त आमाकै कोखमा अैाँरो छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button