सबै आफ्नै हो भन्ने अन्धकारमा बाँचिरहेछ मान्छे

सुप्रिया खनाल

जन्मेपछि मर्नुपर्ने रित हुँदाहुँदै
एकदिन संसार छोड्नुपर्ने निश्चित हुँदाहुँदै
तै पनि अरूको डाढ गर्न छौडदैनन्
खुट्टा तान्दै तछाडमछाड गर्न छोड्दैनन्
यहाँ कसैको दिलमा छाउनको लागि
बेकारको सहानुभूति पाउन को लागि
जित हुँदाहुँदै हारमा बाँचिरहेछ मान्छे ।

अब त अरूको आँशुमा रुझ्न छोडिसके
निर्दोष भावनालाई बुझ्न छोडिसके
ओहो, अब त कलियुग लाग्यो अरे
ढुंगाको मूर्ति देउता भन्दै पुज्न छोडिसके
के भन्नु खै यति नै काफी भएको छ
हिजोभन्दा आज मान्छे पापी भएको छ
तर यति हुँदा हुँदै पनि
गीताकै सारमा बाँचिरहेछ मान्छे ।

एकदिन मात्र होइन, रोजरोज भएको छ
आफ्ना नै आफ्नाको लागि बोझ भएको छ
खै के गर्नु जिन्दगीको व्याख्या
मात्र जिन्दगी ‘सपोज’ भएको छ
कोही पिपललाई साक्षी बर रहेका छन्
कोही हरपल जलाउन तत्पर रहेका छन्
हो, जिन्दगीको गति सीमित हुँदा हुँदै
आफ्नै एक छुट्टै रफ्तारमा बाँचिरहेछ छ मान्छे ।

कोइलीलाई पनि काग देख्छन् मान्छे
मन नपर्न मात्र पर्छ
जुनमा पनि दाग देख्छन् मान्छे
न त कसैलाई खुसी पार्न सकिन्छ
न त जिन्दगीसँग हार्न सकिन्छ
कसैलाई नजिकको बनाउन सकिन्न
मनलाई एक्लै होस् त भनी मनाउन सकिन्न
कोही आउँछन् बस् घृणा दिनलाई
जिन्दगीमा नसोचेको पीडा दिनलाई
यति सबै आँखाले देख्दा देख्दै पनि
सबै आफ्नै हो भन्ने अन्धकारमा बाँचिरहेछ मान्छे ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button