म नियतवश् तिम्रो शत्रु होइन

गजल

वसन्तकुमार रोकाया

मैले साँचो बोल्दा तिम्रो पोल, खोलिन्छ म के गरम ?
महोदय जे देखिन्छ त्यही, बोलिन्छ म के गरम ?

तिमी सिद्धान्त बोकेर, आआफ्नो पेट भर्न लागेपछि
तिम्रा गोप्य कुरा पनि त खोलिन्छ म के गरम ?

म कालोलाई कालो, गोरोलाई गोरो भन्छु मित्र
सत्य बोल्दा तिम्रो हृदय, बौलाउँ म के गरम ?

आफ्नै आत्माले सराप्छ, हेर म धिक्कार हुन्छु
माफ गर साथी तर अनुहार, मौलाउँछ म के गरम ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button