
अग्लिएर माछापुछ्रे छुन मन लाग्यो, पोखरा बसी सधै तिम्रै हुन मन लाग्यो
गजल
मित्र ‘उराठी’ गाैतम
अमरपुर, गुल्मी, हाल: तिलाेत्तमा न पा-२, रुपन्देही
अग्लिएर माछापुछ्रे छुन मन लाग्यो ।
पोखरा बसी सधै तिम्रै हुन मन लाग्यो ।
तिमी जस्तै सुन्दर बन्ने इच्छा जागेपछि
फेवातालमा अनुहार धुन मन लाग्यो ।
तराइको टन्टलापुर गर्मीबाट भाग्दै
पिर व्यथा तिमीसँग फून मन लाग्यो ।
वातावरण विनासले सौन्दर्यमा तिम्रो
संकट आउने त्रासले रून मन लाग्यो ।
अग्लिएर माछापुछ्रे छुन मन लाग्यो
पोखरा बसी सधै तिम्रै हुन मन लाग्यो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



