म अनि श्रृंगार केमा कमी भो ?

बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी

मुखले ठिक्क पार्छौ
व्यवहारमा कमी भो
शंका लाग्छ मलाई तिम्रो
किन आजकल प्यारमा कमी भो ?

सिजन अनुसार फूलहरू फुल्नै छाडे
भमरा डुल्नै छाडे
लाग्छ आजकल
हेर्ने मालीको कमी भो ।

जिस्की जिस्की भेट्छु भन्थ्यौ
कहिले भेट नभई
गयौ तिमी अल्पत्रै पारी
चमक मेरो मुहारमा कमी भो ।

म बिरामी भएर थला परेको
प्रियतमको यादले हो
तपाईं भन्नु हुन्छ मलाई
उपचारमा कमी भो ।

छोडेर जान्छु भन्छौ आजकल
कहिले नफर्कने गरी
सिन्दुर, चुरा, पोते भन
म अनि श्रृंगार केमा कमी भो ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button