भो पुग्यो, तिमी मित्र बन या घात बन

गजल

वसन्तकुमार रोकाया

मग्मगाउने फुल बन या पात बन
तिमी भन्छौ बार बार मेरो बात बन ।

प्रवाह छैन अब त्यो दिन देखि
तिमी मान्छे बन या कुनै जात बन ।

जिन्दगी नै नहुनेसँग रहर छैन अब
तिमी दिन बन या कुनै रात बन ।

अस्तित्व बचाउनु भन्न मात्र मन छ
अरु कैदी बन यात आजात बन ।

मलाई मन पर्ने वसन्त हो साना
तिमी शिशिर बन या बर्षात बन ।

सवाल त्यो हुन्छ जो आवश्यक छ
भो पुग्यो तिमी मित्र बन या घात बन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button