
जिन्दगी: आँसु नै मेरा साथी हो
बिना खड्का
मेरो यो उजाड उजान जीवनमा
हरियाली कहिल्यै छाएन
निरास निरास मेरो यो जिन्दगीमा
उमङ्गको क्षण कहिले आएन ।
सागरको गहिराइमा डुब्न खोजे
पानीको मुहान नै सुकिदियो
क्षणिक मुस्कान पनि मेरा लागि
मुहारबाट नै हराइदियो ।
आँसु नै मेरा लागि साथी हो
हासाृे त केवल बहाना मात्र भो
मुक्ति त केवल चाहनामा मात्र सिमित
मुक्तिको लागि सङ्घर्ष गर्दै जीवन बित्नि भो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



