
गाउँभरी झ्यालिपिटी कराउन मन लाग्यो
सविना सापकोटा
जुनभित्र लुकी आज हराउन मन लाग्यो
खाली यो मनको प्याला भराउन मन लाग्यो ।
मनको सुन्दर बगैंचामा तुवाँलोले ढाकेपछि
इन्द्रदेव तिमीलाई मौसम सफा गराउन मन लाग्यो ।
आज राती सपनीमा तिमीलाई देखेपपछि
गाउँभरी झ्यालिपिटी कराउन मन लाग्यो ।
तिमीलाई जर्साब यो मनले ठानेपछि
फूलैफूलको बर्साद नै गराउन मन लाग्यो ।
हजारौ भिडबाट गन्तब्यलाई खोजी हिँड्दा
यसो कतै आँखा लाग्दा डराउन मन लाग्यो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



