भित्र राक्षसीपन छ, बाहिर मान्छेको चोला

लीलाराज दाहाल
वागमती, सर्लाही

स्वार्थको झोला बोकेका छन् उनले
झोलामा खोला बोकेका छन् उनले ।

केटाकेटी भनी झुक्याउन होला
हेर कोकाकोला बोकेका छन् उनले ।

तस्करी गर्छन् हिरा जवाहरातको
तोलाका तोला बोकेका छन् उनले ।

सानालाई भेटे त ताकेरै हान्छन्
हातमा शोला बोकेका छन् उनले ।

भित्र राक्षसीपन छ बाहिर भने
मान्छेको चोला बोकेका छन् उनले ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button