थाहा छैन तिम्रो लागि म को हुँ, मेरो लागि तिमी सबैथोक

सोनिका अर्याल

तिमी को हौ मेरो ?
अपरिचित थियौ तिमी मेरा लागि
आजै पनि याद छ मलाई
त्यो दिन तिमीलाई देखेको
तिमी को हौ
अहिलेसम्म मैले छुटाउन सकेको छैन
के भनुँ म तिमीलाई
मेरो खुशी या मेरो दुःखमा साथ दिने साथी
या मेरो पिडा भुलाउने दबाइ
के भनी तिम्रो परिचय गरु खोइ
मसँग शब्द नै छैन
अचम्म लाग्छ मलाई आफैदेखि
जब तिमी साथमा हुन्छौ
म सारा दुनिया भुलिदिन्छु
म को हूँ ?
मेरो परिचय नै भूलिदिन्छु
तिमीलाई भेटेपछि
तिम्रो नाम सुन्दा समेत
यी ओठ मुस्कुराउन थाल्छ
मन खुसी हुन थाल्छ
तिमी त्यो औषधि हौ मेरो
जुन कुनै बजारमा बनेको छैन
जब तिमी मेरो साथमा हुन्छौ
तब म सब दुःख भुलिदिन्छु
खुशी हुन थाल्छु
अचम्म लाग्छ मलाई आफैदेखि
जुन दिन तिमीसँग बोल्न पाएको हुन्छु
समय बिताउन पाएको हुन्छु
त्यो दिन धेरै खुसी हुन्छु
कसैले गाली गर्दा समेत
यो मन दुख्दैन
खुसी हुन्छ
जुन दिन बोल्न पाउँदिन
त्यो दिन खोइ के हुन्छं ?
कसैले नाम मात्रै लिएर बोलाउँदा नि
गाली गरेको जस्तो लाग्छ
र आँखाबाट अविरल आँसुको बर्सात हुन थाल्छ
तिमी मेरो त्यो औषधि हौ
जुन एक दिन खान छोडे भने
दिन कटाउन गारो हुन्छ
झन् जिन्दगी त तिमी बिना कल्पना पनि गर्न सक्दिनँ
तिमी छौ र पो म छु
मेरो खुशी छ
तिम्रो लागि म को हुँ
त्यो त थाहा छैन मलाई
तर मेरो लागि तिमी सबैथोक हौ
तिम्रो खुसीको कारण हजार होलान्
मेरो खुसीको कारण मात्र तिमी हौ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button