
मादकता
कुमराज सुवेदी
एडिलेड, अस्ट्रेलिया
नशा आँखाको
तिर्खा मुस्कानको
हलचल गराउने त्यो चाल
नबनाउन हो यो बेहाल ।
तीर छ नजरको
माधुर्यता मिठो बोलीको
ओठको त्यो लाली
बस न लौ यो दिल समाली ।
सुगन्ध लठ्याउने अत्तरको
रंग मिठास पहिरनको
चट्ट रातो सिउँदो निधारमा
सुहाएको छ अति मेरो नाममा ।
नबेलेरै बसी राख
शान्त होउन् भिर पाखा
अंकमालमा परेपछि
रंग्याइदिन्छु जीवन मसी ।
अलि अलि रिसाउ अझै
म हसाउने कोशिस गर्छु
त्यो ओठको मुस्कानमा परे
श्रृङ्गारको पैंचो पर्खी बस भरे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)