
मरेपछि लासलाई न्यानो कात्रोको खास थिएन
वसन्ती थापा
रहरैले मरेँ कि बाच्ने कुनै आश थिएन
सबैकुरा सुनेकै थेँ, देखेकै थेँ तैपनि श्वास थिएन ।
रिसै गर्ने मान्छे पनि बिचरा भन्दै थियो
मरेपछि लासलाई न्यानो कात्रोको खास थिएन ।
अझ मरेपछि दुःख लाग्यो जब चितामा जल्दै थिएँ
आउनै पर्ने त्यो त झन् आएन भन्दा विश्वास थिएन ।
जल्दै गर्दा नि कति हतार ठोस्दै थिए दाउरा
आखिर आउनु त यहीँ थियो, त्यो आभाष थिएन ।
रहरैले मरेँ कि बाच्ने कुनै आश थिएन
सबैकुरा सुनेकै थेँ, देखेकै थेँ तैपनि श्वास थिएन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)