
तिमी मीठो भुजा, म त भात मात्रै न हुँ
गजल
लीलाराज दाहाल
वागमती, सर्लाही
तिमी फूल बन्यौ म त पात मात्रै न हुँ
तिमी मुटु कलेजी म त हात मात्रै न हुँ !
हेर्छ होला मलाई कस्ले तिमी पाएपछि
तिमी मीठो भुजा म त भात मात्रै न हुँ !
जे सुकैको महत्त्व नि रैछ ठूलै हुँदा
तिमी लाख हजार म त सात मात्रै न हुँ !
यस्तो लाग्न थाल्यो पुरै प्याला रित्तिँदा
तिमी मीठो आनन्द म त मात मात्रै न हुँ !
पाइएला र उज्यालो यो अन्धकार बाहेक ?
तिमी नवीन मिर्मिरे म त रात मात्रै न हुँ !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)