
फिक्का हाँसो, ढिक्का रोदन
कविता
अभिषेक रिसाल
त्यो उदास मुहारभित्र
बलिरहेको ज्वाला देख्छु
फिक्का हाँसो समेतको
ढिक्का ढिक्का रोदन भेट्छु ।
बन्द गरी आँखा मेरा
स्वचित्त मनन गर्दा
अन्धेरीभित्र चित्रित
उजेलिदो रूप देख्छु ।
छहरा मा सुस्ताउँदै
हराउँदै झरे सरी
मोती दाना आँसुहरु
रुझाउँदै परेली
क्षितिज पारी नियालेर
रमणीय किरणहरु
सम्झनाको कोसेलीमा
बिताउँदै दिनहरु ।
सँगै बसी छड्के नजर
एक तिमीतिर पर्दा
त्यो उदास मुहारभित्र
बलिरहेको ज्वाला देख्छु
फिक्का हाँसो समेतको
ढिक्का ढिक्का रोदन भेट्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



