कथा: विमान दुर्घटना गराई छोड्ने अडान र अन्तिम फोन

कथा

रूपा अधिकारी

लुप्तराज देशकी नागरिक राइना गरीब परिवारकी थिइन् । पढाईमा अब्बल रहे पनि उनले आफूले चाहेको शिक्षा अध्ययन गर्न पाएकी थिइनन् । देशको राजनीतिक अवस्था देखेर उनी सारै चिन्तित थिइन् । जुन पार्टीको सरकार आए पनि उस्तै अस्थिरता र राजनीतिक पार्टीहरुको अराजकताले उनी आफ्नो तर्फबाट देशको लागि केही नयाँ कार्य गर्ने सोच राख्थिन् तर उनलाई समर्थन गर्ने कोहि थिएन परिवारमा ।

समयको दौरानमा विदेशमा रहेको आफ्नो देशको केटासँग उनको विवाह भयो । विवाहपश्चात उनी विदेश गइन् श्रीमानसँग । विदेश देखेपछि उनको मनमा नयाँनयाँ विचार आइराख्थे ।

‘मलाई यहाँको सिस्टमहरु देखेर सारै खुशी लाग्यो । म यहाँको सिस्टमहरु बुझ्नको लागि अध्यन गर्न चाहन्छु’, श्रीमानसँग आफ्नो चाहना व्यक्त गरिन् ।

‘हुन्छ, तिम्रो उच्चशिक्षाको लागि म व्यवस्था मिलाई दिनेछु,’ श्रीमानले समर्थन गरे ।

राइनाले अध्ययनलाई अगाडि बढाइन् । सिस्टम अध्ययनको सिलसिलामा उनी कयौँ देश घुमिन् । तर आफ्नो देशजस्तो पिछडिएको देश कतै देखिनन् । विश्व राजनीति र सिस्टमहरुको अध्ययन गर्दैगर्दा उनले राजनीतिकर्मीहरु दक्ष, योग्य, शिक्षित र सिस्टमहरुको फलोअर्स् भएको कारण नै देश चरम विकासमा पुगेको कुरा पत्ता लगाइन् ।

समय बित्दै थियो । उनको छोरा भयो । उनले आफ्नो छोरालाई संस्कारयुक्त वातावरणमा लालनपालन गरिन् । जब छोरा हुर्कँदै गयो, उसलाई आफ्नो मातृभूमिको बारेमा ज्ञान दिँदै अध्ययन गराउँदै लगिन् । छोरा पढाइमा अब्बल थिए । छोरालाई सक्षम पाइलट बनाउने सपना पूर्ण भयो । छोरा पाइलट भएपछि आफ्नो देशमा गएर देशको लागि केही गर्नु पर्ने सपना बोकाई छोरा र श्रीमानलाई डोर्याएर उनी देश फर्किन् ।

यसरी देश फर्किएकी राइना राम्रो सामाजिक कार्य गर्दै राजनीति मैदानमा होमिन पुगिन् । छोरा देशको सरकारी विमान पाइलट बन्न सफल भए ।

उनले आफ्नो तर्फबाट राजनीतिक क्रान्ति गर्न त खोजिन् तर उनलाई धेरै कठिन भयो । उनले चाहे झैँ आमूल परिवर्तन गर्न सकिरहेकी थिइनन् । राइनाको कार्यलाई जनताले रुचाइरहेका थिए । तर वयस्क कम वृद्धहरुको जमात र शासन शक्ति पुरानो प्रणाली भएको राजनीतिक मैदानमा युवाहरुको शक्ति अहोदामा नभएसम्म केही गर्न नसकिने देखी उनले विरक्तिएर राजनीतिबाट पद त्याग गरिन् ।

देशमा जलविद्युत परियोजनाबाट राम्रो हुन थालेको थियो । केही समयपछि उक्त परीयोजनालाई विभिन्न देशले आफ्नो कब्जामा लिन खोजे । कस्ले राम्रो कमिसन दिन्छ भनी सरकार अनि राजनीतिक दलहरु सबै मिलेर शक्ति संचालन गर्दै थिए । जनताले जलविद्युत परियोजनामा विदेशी हस्तक्षेप हुन नदिन विरोध गरिरहेका थिए । जनताको कुरा सुन्न कुनै पनि दल तयार थिएनन् । उक्त परियोजनालाई गुपचुप मिलेर राजधानीबाट टाढा रही विदेशीलाई हस्तान्तरण गर्ने योजना बन्यो ।

सम्पूर्ण दलका प्रमुख, संसदका सबै मन्त्रीहरु, प्रधानमन्त्री सम्पूर्ण विमानबाट तोकिएको स्थानमा जाँदै थिए । सरकारी विमान चालकले आफ्नो आमालाई फोन गरी आशीर्वाद लिए । राइनाले आफ्नो छोरालाई आशीर्वाद दिइन् । लगतै ‘तिम्रो आत्माले शान्ति पाओस् बाबु ! हामीलाई सम्हालिने शक्ति मिलोस्’ भनी पोस्ट गरिन् । राइनाको पोस्ट भाइरल हुनपुग्यो ।

केही समयमा विमान दुर्घटना हुनपुग्यो । निकै समय बित्दा पनि विमानलाई भेट्न सकिएन । २ दिनपछि विमान क्षतविक्षत् अवस्थामा भेटियो । विमानका सबै मृत अवस्थामा भेटिए । संसद, राज्य सबै पदाधिकारीविहीन हुन पुग्यो । राज्यलाई सैनिकले नियन्त्रण गर्यो । घटनालाई अनुसन्धान गर्नेक्रममा राईनासँग दुर्घटना अगाव नै त्यो पोस्ट हुनु र लगतै दुर्घटना हुनुलाई लिएर विभिन्न टिका टिप्पणी भयो मिडियाहरुमा ।

राइनाले सबै सत्य कुरा बताइन्, ‘विद्युत परियोजनामा विदेशी हस्तक्षेप हुन नदिन जनताको विरोध हुँदाहुँदै पनि सम्पूर्ण दलका पार्टी प्रमुख, संसदका सबै मन्त्रीहरु, प्रधानमन्त्री सबैको संलग्नतामा एजेण्डा गुपचुप पास गर्ने योजना पारित गरिएको र राजनीतिलाई युवा शक्तिमा हस्तान्तरण नगरिएसम्म देशले काँचुली नफेर्ने देखी मेरो छोरोले आज यो विमान दुर्घटना गराई छोड्ने अडान लियो र अन्तिम फोन गरेको थियो । मैले एक छोरा गुमाउँदा देश अनि करोड छोराले न्याय पाउनेछन् भनी छोराको कुरामा समर्थन जनाएकी हुँ ।’

राइनालाई देश विदेश सबैको समर्थन भयो । जनताको चाहनास्वरूप उनलाई देशको कार्यभार सम्हालन दिइयो । उनी उक्त देशको प्रमुख कार्यकारी भइन् ।उनको आदेश अनुसार कानून परिमार्जित भयो । अराजक राजनीतिक पार्टीहरुलाई खारेज गरियो । जनताले चाहेको स्वतन्त्र व्यक्तिहरुबाट नै विभिन्न पदमा पदबहाली गर्ने नियम बन्यो । समय सिमाभित्र रहेर स्वतन्त्र व्यक्तिहरु राजनीतिमा आउने र निश्चित अवधिभित्र मात्र रहेर कार्य गर्नुपर्ने कानून बन्यो । राजनीतिक विसंगति हराए । देश सिस्टममा चली उन्नतिको शिखरमा पुग्यो । देश र जनताले एक महान आमा र पाइलट छोराको कारण आज देशको मुहार फेरियो भनी देशको नामलाई उक्त पाइलटको नाममा संशोधन गरिनु पर्ने माग राखे ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button