हरेक कुराको मोल हुन्छ

तीन मुक्तक

देवेन्द्र बजगाई
दुहबी-५, सुनसरी

हरेक कुराको, मोल हुन्छ यहाँ
मायालु भाव जो अनमोल यहाँ ।
सहिष्णुता, सद्भाव राखे मनमा
नम्रता नाताको, सिटामोल जहाँ ।।

जीवन पलभरको त, हर्ष यहाँ
सहअस्तित्व, एक विमर्श यहाँ ।
जति बुझ्यो त, झन् झन् कठिन
जीवन, अनवरत संघर्ष जहाँ ।।

ज्ञान बाँडे त बढ्छ ज्ञान यहाँ
धन बाँडे, घट्ला नि झन यहाँ ।
रीत यही हो प्रकृतिको, बुझ्नु
बाडौं माया, प्रफुल्ल मन जहाँ ।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button