
कविताः गणतन्त्रलाई सन्देश
प्रीति आत्रेय ज्ञवाली
किशोर वयमा हेर पुगेको गणतन्त्र छ ।
फकाउने हुने धेर ख्याल है गर्नुपर्दछ ॥१॥
ताकेर गनले घिच्रो जनलाई छकाउँछ ।
मुखले गणतन्त्रै भो नेताको काम गर्दछ ॥२॥
बिचरो बबुरो आफैँ अभिभावक खै कता !
भुलेर मार्ग नै हिँड्दा तन्त्र आफैँ छ लापता ॥३॥
बुद्धिले काम है गर्नू स्वविवेकी बनी सधैँ ।
आमाको मान है गर्नू नचूक्नू धर्ममा कतै ॥४॥
नेपाल मनमा राखी जन ता हातमा लिँदै ।
सबैका हितका बारे सोच्नू है मनमा खुबै ॥५॥
लागेका छन् युवा ऐले गणतन्त्र बनाउन ।
उमेरैको गरी ख्याल गर्नू है स्वच्छ निर्णय ॥६॥
आत्मनिर्भर है बन्नू युवाको काँधमा हिँडी ।
नपरे भर अर्काको वैरीको बात नै बुझी ॥७॥
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)