सपना देख्ने रातहरु

सपना

गोविन्द श्रृङ्खला

सपना देख्ने रातहरु,
निस्तब्धताको मध्य,
संकल्पित इरादाका साथ,
सपनाको गन्तव्य खोज्दै,
सडक र शहरको छातीमा,
विनिमय भइरहेको छ,
देह अनि सपनाको मृगतृष्णा ।

सपनाको शहर,
शहरको मादकता,
निरन्तर शहरको गति,
सपना देखाउने भूगोल,
सपना देखाउने रजनी,
मनोकांक्षाको पूरक,
शहरको निर्जीव विम्ब
सपनै सपनाको चाङ भित्र,
फगत सपनाको खोजीमा,
थिचिएको छ सपनाको अधिनस्त ।

सपना देख्ने आँखाहरु
सपनाकै क्ष्तििजमा द्रष्टव्य
अन्त्यहीन गन्तव्यमा अनवरत,
दृष्टिभ्रमको आत्मरतिमा,
साकार सपनाको झिनो उम्मेदमा,
सपना साकारका लागि,
निदाएको आँखाले नदेख्ने सपना,
संकल्पित आँखाबाट हेर्न,
टिलपिल टिलपिल जागृत छ ।

चेतन मनका सपना,
सपनाको धरोहर,
उचाइ चुम्ने महत्वाकांक्षा
व्यबधानका काँडेतार,
प्राप्ति केवल शून्य,
सपनाको अतन्त उचाइ,
अनि, चेतनाका विच,
दाताम्यता नमिल्दा,
मूच्र्छनाको तोडले,
चकनाचूर छरपस्ट सपना,
धरामै यत्रतत्र,
सपनाले डो-याएको गोरेटोमा ।

अचेतन मनका सपना,
लक्ष्यविहीन, निरर्थक सपना,
चेतनारहित सपना
न समवेदना, न आशा भरोसा,
न पीडाको संशय, न खुशीको आशय
विचारशून्य मस्तिष्क,
भावशून्य अन्तःकरण
अचेतन सपना केवल सपना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button