अबुधाबीः मैले आफैलाई चिन्न दुखको गीत गाएको हुँ

विवेक दुलाल क्षेत्री ‘दमक’
दमक बजार, झापा, हालः अबुधाबी, युएइ

मैले आफैलाई चिन्न दुखको गीत गाएको हुँ
खाल्डाहरुमा टेकेर मात्र यहाँसम्म आएको हुँ ।

बुज्रुगहरु सन्तानको लागि नदीमा हाम फाल्छ्न्
जब बाबाको याद आउँछ खोलामा धाएको हुँ ।

ऊ भन्छ, खुशी मोजमस्ती हो, जिन्दगी यसै फालौँ
मैले आफैलाई भुग्रोबाट निकालेर पाएको हुँ ।

हुन त सुकेको रुख देखेर मन हरियो नि हुँदैन
कपडाहरु फाटेको बेला बोक्राहरु लाएको हुँ ।

कोहि मलाई कृष्ण भन्लान्, कोहि दुर्योधन
म यो देशको सिपाही, यहि कसम खाएको हुँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button