जोश जाँगरहरु यहाँ बेलगाम छन्, भरपर्दो एउटा मियो बन

कविता

सुभाष ढुंगेल

छाएको छ सर्वत्र अँध्यारो यहाँ
आशलाग्दो एउटा दियो बन
जोश जाँगरहरु यहाँ बेलगाम छन्
भरपर्दो एउटा मियो बन ।

नभन कसैको पनि यहाँ
कहिल्यै, कोही पनि हुँदैनन् भनेर
बिरानो यो शहरमा पनि
आफ्नो भनाउँदो एउटा थियो भन ।

उध्रीएका छन् वस्त्र यत्रतत्र
लाज ढाक्न भनी देहले भिरेका
सिउनु नै छ अब विलम्ब नगरी
रहर लाग्दो एउटा सियो बन ।

छाएको छ सर्वत्र अँध्यारो यहाँ
आशलाग्दो एउटा दियो बन
जोश जाँगरहरु यहाँ बेलगाम छन्
भरपर्दो एउटा मियो बन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button