बलात्कारी !

कविता

प्रतिमा पन्थी

कसैले नदेख्ने गरी, नबुझ्ने गरी
चुपचाप हामी लुटिदै नै आएका छौ
कैले आफ्नैबाट त कैले विश्वासीलाबाट
हामी केही नभए जस्तो गर्छौ
बरु कसैले नदेख्ने गरी रुन्छौ
चिथोर्छौ आफैलाई ।

आखिर कति होलान र बचपनमै नलुटिएका
चुपचाप दरिद्र बलपासामा नगुट्मुट्याइएका
हामी डरै डरले हुर्किदै छौ ।

नरपिचासबाट लुटिने डरले
बारम्बार,
हामी तर्किने हजार कोसिस गर्छौ
तैपनि, अझै लुटिनै रहेछन् पिचासहरु
कलिला मुना निमोठिरहेछन् ।

फकाइफुलाई, लोभ्याइ, धम्क्याइ बलजफ्ती
मर्दाङ्गिको लाचारपन
कलिलो आङमा पोखिरहेछन् ।

नरभक्षी ति यौनपिचासुहरुमा
हिनताबोध छैन
चुपचाप लिंग र शक्तिको आडमा
यिनहरुको कु-लिला चल्छ
यि बलात्कारीहरु !

पिडाले विछिप्त कैयन
न्यायको आशमा लडिरहेछन
कोहि पलपल चुपचाप
एक्लै आफै भित्र संघर्षरत छन् ।

अपराधीहरुको समाज
अपराधीहरुको शक्ती
अपराधीहरुको कानुन
अपराधिहरुको जय र विजय चलिनै रहेछ ।

चुपचाप गरुङ्गो मन लिइ
हामी बस्, चुपचाप यो अराजक संसारमा
सम्मान र सुरक्षाको आभाष कुरिरहन्छौ ।

अब कुरिरहनुभन्दा पनि
कुर्लिनु मन छ
बाडि जस्तै बगेर नास्न मन छ
बलात्कारीका रंगिन संसार ।

आफैलाई कसैले नदेख्ने गरी, नबुझ्ने गरी
चुपचाप हामी लुटिदै नै आएका छौ
कैले आफ्नै बाट त कैले विश्वासीलाबाट
हामी केही नभए जस्तो गर्छौ
बरु कसैले नदेख्ने गरी रुन्छौ ।

आखिर कति होलान र बचपनमै नलुटिएका
चुपचाप दरिद्र बलपासामा नगुट्मुट्याइएका
हामी डरै डरले हुर्किदै छौ ।

नरपिचासबाट लुटिने डरले
बारम्बार,
हामी तर्किने हजार कोसिस गर्छौ
तैपनि, अझै लुटिनै रहेछन् पिचासहरु
कलिला मुना निमोठिरहेछन् ।

फकाइफुलाई, लोभ्याइ, धम्क्याइ बलजफ्ती
मर्दाङ्गिको लाचारपन
कलिलो आङमा पोखिरहेछन् ।

नरभक्षी ति यौनपिचासुहरुमा
हिनताबोध छैन
चुपचाप लिंग र शक्तिको आडमा
यिनहरुको कु-लिला चल्छ
यि बलात्कारीहरु !

पिडाले विछिप्त कैयन
न्याय को आशमा लडिरहेछन
कोहि पलपल चुपचाप
एक्लै आफै भित्र संघर्षरत छन् ।

अपराधीहरुको समाज
अपराधीहरुको शक्ती
अपराधीहरुको कानुन
अपराधिहरुको जय र विजय चलि नै रहेछ ।

चुपचाप गरुङ्गो मन लिइ
हामी बस्, चुपचाप यो अराजक संसारमा
सम्मान र सुरक्षाको आभाष कुरिरहन्छौ ।

अब कुरिरहनुभन्दा पनि
कुर्लिनु मन छ
बाडीजस्तै बगेर नास्न मन छ
बलात्कारीका रंगिन संसार ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button