
कविताः को हो बालेन ? के हो बालेन ?
डोरबहादुर केसी
बालेन को हो ?
म चिन्दैन
बालेन व्यक्ति हो वा संस्था ?
म त्यो पनि जान्दैन
तर, म यो राम्रोसँग जान्दछु
बालेन एक आवाज हो
जनताको आवाज
युवाको सङ्गठित आवाज ।
नियमितताको क्रमभङ्गता हो बालेन
पुरातनवादी सोचमा रूपान्तरण हो बालेन
समयको माग हो बालेन
युवाको जोश हो बालेन
परिवर्तनको लागि एक उदघोष हो बालेन ।
शक्तिको उन्मादमा
जनतालाई निरीह बनाउनेका सामु
फुलेका रौंमा
युवाको जोशलाई पाखा लगाउनेका सामु
कुशासनको चास्नीमा डुबेर
सुशासनको ढ्वाङ्ग फुक्नेको सामु
बालेन एक विद्रोह हो
सशक्त जनविद्रोह ।
बालेन हारोस् वा जितोस्
मलाई मतलब रहेन
बालेन गरोस् वा नगरोस्
ठूलो चाँसो भएन
उकुसमुकुसमा विष्फोटनको आवाज हो बालेन
जनशक्तिको एक मापन हो बालेन
युवा शक्तिको दर्विलो एक झापड हो बालेन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



