
सबको प्यारो मान्छे कहिले बन्न सकिँदैन
शर्मिला खतिवडा
बाढी आउँछ तराइलाई रुवाएर जान्छ
खुसीलाई हावासँगै उडाएर जान्छ
खुसी हुन खोज्दै गर्दा तिमी आयौ साथमा
त्यही खुसीलाई पानीले नि रुझाएर जान्छ ।
सबको प्यारो मान्छे कहिले बन्न सकिँदैन
प्यारो मान्छे सधै यहाँ झुक्याएर जान्छ
कस्तो सोच राख्छ मानव बुझ्न सकिएन
आउँछ बोल्छ क्षण भरमै हराएर जान्छ ।
चोट लाग्दा मलम पट्टी लगाएझैं गर्छ
आफ्नो खुसी नपाउँदा कराएर जान्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



