घृणा घोटेर मायामा मिलाउँदा तिम्रो छातीले स्नेह ओकल्यो

कविताः समाधान

पम्फा बस्नेत

रिसहरु पेलेर सरीमा सजाउँदा
सम्झ तिम्रो भट्टिले परमाणु निकाल्यो
घृणाहरु घोटेर मायामा मिलाउँदा
सम्झ तिम्रो छातीले स्नेह ओकल्यो ।

कटु वाणी कट्टा गरी सट्टा गर्नु साँच्चै
मृदु भाषा अम्रित हो त्यस्मै घोल्ने गर
डाह शब्द अगुल्टो हो जल्नु पर्छ काँच्चै
विवेकी अगेनोमा राग द्वेस पोल्ने गर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button