मरुभुमिबाट नेपाली कवि लेख्छन्, ‘हिमालजस्तो अग्लो रहर मेरो हैन’

कविताः के तिमी पत्याउँछौ ?

विवेक दुलाल क्षेत्री ‘दमक’
दमक बजार, झापा, हालः अबुधाबी, युएइ ।

मैले सबैकुरा त भनिसकेँ
हिमालजस्तो अग्लो रहर मेरो हैन
हेर, मलाई रहरहरुको पहिरोमा पर्नु छैन ।

मैले सबैथोक त बताइसकेँ
नदि जस्ता विचारहरु मेरा होइनन्
हेर, मलाई आफ्नो विचार निलो छालमा
उफ्रदै तैरिदै अर्धमृत बाँचेको हेर्नू छैन ।

मैले आफ्नो भनाइ त राखिसकेँ
म तिमीलाई फूलसित दाँज्नु छैन
कि फूलले मन्दिरमा चढ्नु पर्छ
मलाई तिमी फूल भएर ओइलिएको
कल्पनासम्म पनि गर्नु छैन ।

अब मैले तिमीलाई
बताउन बाँकी केही छैन प्रिया
शिवाय मैले तिमीलाई गरेको प्रेम
जुन हिमालभन्दा अग्लो
नदिभन्दा कन्चन
र, फूलभन्दा सुवासिलो छ ।

के तिमी पत्याउँछौ ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button