मातृत्वः अनुभव गरेँ जब म आफै एक आमा बनेँ

दिलमा

पूर्ण हुन्छे एउटी महिला जब बन्छे उनी आमा, सुनेकी थिएँ
अनुभव गरेँ यस भावनालाई जब म आफै एक आमा बनेँ

यो मातृत्वको आभास नै यस्तो कि उमङ्ग हुन्छ बेग्लै प्रकृतिको
थाहा हुन्छ जब, आफुभित्र हुँदैछ नि श्रृष्टि एउटा जिवनको

शुरुवातमा अनेक खुलदुली, अनि अनेकानेक कौतुहलता
के के बन्दैछ म भित्र, मेरो शरिरभित्र के कस्तो हुँदैछ होला

हुन्छ महसूस जिवनको, जब सल्बलाउँछ त्यो श्रृष्टि मभित्र
सुनिन थाल्छ धडकन उसको, धक धक धक धक मभित्र

बढ्नथाल्छ आकार उसको, देखिनथाल्छ धुमिल आकृति
हुनथाल्छ गर्व मातृत्वको, गरेँ जगेर्ना एक श्रृष्टिको भनि

नौ महिनाको त्यो अटुट साथ पछि, अलग्गिन्छ जब उ मबाट
उमाथिको प्रथम दृष्टिले बग्नथाल्छ ममता मेरो आँखाबाट

उसको प्रथम कोमल स्पर्श अनि उसको पहिलो स्तनपान
हत्केलामा थाम्छु जब त्यो जिवन, हुन्छ पूर्ण मातृत्वको आभास

निर्दोष हेराई निस्छल मुहार अनि निष्कपट उसको माया
हुन्छ नि भावविह्वल मातृत्व मेरो हेरेर उनका बाल लीला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button