
कति आए सुनौला बिहानी सबै रात भए
गजल
एक्लो प्रितम खड्का
तिलोत्तमा-९ रुपन्देही
आयो मौका बुझिएन, समय साढे सात भए
कति आए सुनौला बिहानी सबै रात भए !
गर न यसो भनी काँधमा परेन स्पर्श कसैको
आफैलाई बिगार्ने दुस्मन यी आफ्नै हात भए !
मेरा अघि तप्पतप्प आँशु नहुँदा पुच्छे नै कोहि
आफ्नैलाई अन्ध विश्वास गर्नु विश्वासकै घात भए !
प्रेमको दियो बाली रुमलिदै हिँडेका पापी ती क्षण
नसम्झाउनु महाशय ती पल खरानीको खात भए !
जीउनै परेर जिएको हुँ अर्ध बेहोसीमा मुर्छा खाँदै
आजकल त पीडा पनि सानू दूध अनि भात भए !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



