अनुहार होइन, तिम्रो ओठको मुस्कान मलाई मन पर्छ

कविता

सरिता पराजुली

तिम्रो अनुहार होइन
तिम्रो ओठको मुस्कान मलाई मन पर्छ
मैले कुरा गर्दा तिम्रो अनुहारमा देखिएको लजालुपन हेर्न मलाई मन पर्छ ।

तिम्रो यादमा दुख्ने मेरो मुटु घरी घरी तिमीलाई सम्झी दुखाउन मलाई मन पर्छ
तिमीले गरेका मिठा मिठा कुराहरू सम्झी सपनीमा बर्बराउन मलाई मन पर्छ ।

तिमी मलाई माया गर या नगर मेरो मायाले
तिमी खुसी भएको हेर्न मलाई मन पर्छ
तिमीसँग हातेमालो गर्दै तिमीले देखाएको गोरेटोमा अघि बढ्न मलाई मन पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button