ऊ स्वयमलाई ‘यच टु ओ’ को वैज्ञानिक तत्व थाहा नहुन सक्छ

मुक्तक

लक्ष्मी रायमाझी

राजमहलमा बस्ने महारानीलाई
दासत्व थाहा नहुन सक्छ
महमै डुबेको मौरीलाई
गुलियोको महत्व थाहा नहुन सक्छ
पानीको तात्पर्य प्यास मेटाउनु हो,
बग्दै सागर भेटाउनु हो
ऊ स्वयमलाई
‘यच टु ओ’ को वैज्ञानिक तत्व थाहा नहुन सक्छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button