जिन्दगी नै यस्तै रैछ जुवाडेकाे खेल झैं

सरस्वती काफ्ले (शाहारा बैरागी)

आभारी छु जीवनमा जे जे पाएँ पाएँ मैले
बाउन्न घुस्सा त्रिपन्न ठक्कर जीवनमा खाएँ ।

कयौं पटक आँसु झर्‍यो बर्खाको भेलझैं
जिन्दगी नै यस्तै रैछ जुवाडेकाे खेल झै ।

कयौंबाट लुटिएको यादले पीडा दिन्छ
दैवबाटै ठगिएको पलले ज्यान लिन्छ ।

आँसु मात्र हैन रैछ जाने जीवन जिउन
बटुलेर अनुभवले थालें अमृत पिउन ।

विष पनि रैछ यहाँ अमृत बराबर
नजानेर दुख पाईयाे गल्ती सरासर ।

मानव र दानव यहाँ रुप अनेकन
हाेसियार हुनै पर्छ चिन्नै पर्छ मन ।

स्वर्ग नर्क यही नै छ महसूस गराैं
सेवाभाव सद्भावले सबका दिल भराैं ।

सानु छु म सबैभन्दा विशाल यो मन छ
समाजको सेवा गर्ने एउउटै मेराे ध्यान छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button