उन्नतिको प्रतिक बनी आइदेऊ २०७९

रश्मि रिमाल

नयाँ साल
उन्नतिको प्रतिक बनी आइदेऊ तिमी
तिमीलाई शुभकामना अन्जुलीभरी ।

नयाँ साल
विकासका फूल चढाउँदै
नेपाली पवित्र माटोमा हरियाली भएर आईदेऊ ।

हिमाली हावामा र नेपाली माटोमा
रोपिएको विश्वास र जागरणसँगै
मुस्काउन आऊ तिमी ।

मेरो साथमा आऊ
म शुभेच्छा चढाइरहेको छु ।

मनभरी नयाँ किरणहरू
समेटेर नयाँ साल आऊ तिमी ।

आऊ नयाँ साल
शुभकामनासहित ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button