भलै साल फेरियो, हाल फेरिएको छैन

सुप्रिया खनाल

सकियो पुरानो साल
सुरु भयो नयाँ वर्ष
न त पहिले जस्तो हर्ष उल्लास छ
न त रमाइलो नै ।

म सम्झाउँछु बारबार
यो दिललाई
ए यहाँ कोही हुन्नन् आफ्नो
बेकार किन खोज्छस् तड्पिन ?

दिलले जवाफसँगै प्रतिप्रश्न गर्छ
मन मरेको हो, शरीर होइन
अब भन् म तड्पिन् किन नखोज्नु ?

हिजोको दिनमा म पनि नौनी झैं थिएँ
आज चट्टान सरी भएकी छु
चोट नै चोट
अनि पीडा नै पीडाको समुन्द्रले गर्दा
पीडामै भरिपूर्ण बनाईसक्यो मलाई ।

अब त अहँ रुँदा पनि आँशु आउँदैन
कसैले अन्तरात्मा छुँदा पनि आँशु आउँदैन
भो रहिन म अब पहिलाजस्तो
रुवाउँछु यसलाई भन्दै
पहाड जत्रो चोट दिन नखोज्नु ।

भलै साल फेरिएको हो
यो जीवनको हाल फेरिएको छैन
हिजो आफ्नाले नै ममाथि गरेका
ती तीतो सवाल फेरिएको छैन
खै किन त्यही बात दिलमा गढेर बसेको छ
नशा झै दिमागमा चढेर बसेको छ ।

जोडिएकाहरु जोडिए ठीकै छ
नचाहिने सम्बन्ध तोडीए ठीकै छ
मबाट पराई भएकाहरु यति याद राख्नु
बिर्सिएर पनि मलाई सम्झिन नखोज्नु ।

कमलो छ मन केही आश लागिहाल्छ
सानो कुरा पनि एकदम खास लागिहाल्छ
चोट दिनेहरु नै हाँस्दा पनि दिललाई राहत मिल्ने गर्छ
आफ्ना सोचेकाहरुबाट नै यहाँ घात मिल्ने गर्छ ।

अब आफूले आफैलाई बिस्तारै सम्झाउँदै छु
नया बर्षसँगै बदलिनु आफू पनि
सबैको झुटो आश्वासनमा बहकिन नखोज्नु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button