
नयाँ बर्षमा अझ धेरै एक अर्काको भएर बाँच्नु छ
गीत लामिछाने
२०७८ साल
यति धेरै सम्झना बोकेको बर्ष
यति धेरै खुसी दिएको बर्ष
यति धेरै प्रेम दिएको बर्ष
अझ धेरै खास अनि बिशेष यो कारण
खास मान्छेसँग जोडाइदिएको बर्ष ।
यति धेरै सम्झना दिएको बर्ष
यति धेरै बिर्सन नसक्ने पलहरु उपहार दिएको बर्ष
बिदाइ गर्नै मन छैन
अझ धेरै सँगै बिताउने मन थियो तिमीसँग
तर अब नयाँ बर्षमा नयाँ रुपमा उही पुरानो साथमा ।
यो त भरखर सुरुवात मात्र हो
अझ धेरै नयाँ बर्ष मनाउनु छ
त्यही एउटा मान्छेको साथमा
अझ धेरै प्रेम बाँड्नु छ
नयाँ बर्षमा अझ धेरै एक अर्काको भएर बाँच्नु छ ।
जुन खुशी २०७८ ले दिएको छ ,
त्यो खुसीहरु अझ थप्दै जानु छ
अझ धेरै बढाउँदै जानु छ
यो नयाँ बर्षको सुरुवातबाट ।
म पुर्ण विश्वस्त छु
अझ धेरै सुमधुर
साथ पाउने छु
प्रेम पाउने छु त्यो मान्छेबाट ।
२०७९ अझ खास यो कारणले पनि रहनेछ कि
टाढा रहेको आफ्नो मान्छेलाई भेट गराउने छ यो सालले मलाई ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित आफ्ना अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)