
नेपालको लागि अबका दिनहरु शुभसाइतमा लेखियोस्
रुपा आप्रशा
नया बर्ष २०७९
तिम्रो आगमनमा बिछ्याइएको छ
डर त्रास अनि थोरै खुशी
किनकि पोहोर तिमी आउँदा
बनेको थियो मन बर्षभर दुखी
शोकमा डुबेको थियो
आफन्त गुमाई रोइ कराई गर्दै परिवेश
भोग्नु परेको थियो
धेरै दर्दनाक पीडाहरु एकपछि गर्दै अनेक ।
कोरोना बनेर त्रसित बनायौ
संसारमा सबैलाई घरिघरि
पीडाको लेखाजोखा गर्न सकेको थिएनौं
हामीले पनि कसैगरी
समाचार सुन्न नसक्दा
लर्बरिएको थियो खुट्टा कम्पन गरिगरी
गएको साल सम्झँदा जिरिङ्ग हुन्छ
नेपालीलाई आज फेरि
अबको बर्ष,
त्यो कहालीलाग्दो सत्य
इतिहासको पन्नामा मात्रै भेटियोस
नेपालको लागि अबको दिनहरु भने शुभसाइतमा लेखियोस्
मरेर जाने गईहाले
बाँच्नेलाई शक्तिस्वरुप उपहार देऊ
आफन्त गुमाई एक्लो हुनेहरुलाई
नयाँ मायाको सौगात देऊ ।
घरि घरि कोरोनाको भेरियन्ट नरोकिँदा
डराई राखेको मनलाई तिमीले
निर्धक्कसँग बाँच्न सक्ने
एउटा शान्तिपूर्ण दैनिकी गर्नु थपना
नयाँ बर्ष अब गर्नु नपरोस्र कहिले पनि
त्यो कालो दिनको सामना
सबैजना नेपालीलाई
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)