नर्बिसिउन् जगतले बुद्ध र ब्रम्हले दिएको अर्ती

कविता: नयाँ बर्षको शुभकामना !

राधिका कल्पित

छानो नहुनेले छाना पाउन्
मानो नहुनेले खाना पाउन्
ऊघ्रियोस् धुम्मिएको आकाश
फैलियोस् चेतनाको प्रकाश ।

छुटिजाउन् सारा बेकसुर कैदीहरु
मुक्त होउन् सकल पिँजडाका पंक्षीहरु
उम्कियोस् बिश्व सारा कोरोनाको कहरबाट
फेरोस् शान्तिको सास त्रासदीको जहरबाट ।

बोल्न नसक्नेहरु
इशारा लिएर आउन्
बोल्न सक्नेहरु
इरादा लिएर आउन्
मैत्री बनोस् ब्रम्हान्ड यो
अधिकार पाउन् बराबरी
अन्त्य होओस् भेदभावको
व्यवहार होओस् सराबरी ।

नडराउन् पखेटा लागेका बचेराहरु
असिमित आकासतिर उड्नलाई
नरोकिउन् अदम्य कलिला पाइलाहरु
निभिघ्न भइ उचाइ चुम्नलाई
नबाँडियोस् सिङ्गो आकाश
चिरा पारी एउटै धर्ती
नर्बिसिउन् मानव जगतले
बुद्ध र ब्रम्हले दिएको अर्ती ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button