
फूल उनैको प्रतीक हो, शब्द उनैको भाव
३ रुवाई
सुमन लावती
मलाई लाग्छ फूल उनैको प्रतीक हो
मलाई लाग्छ शब्द उनैको भाव हो
हो यस्तै नै हुन्छ एकतर्फी प्रेममा विलीन हुँदा
मलाई लाग्छ कविता उनैको स्मृति हो ।
…
सागरको सुन्दर मोती जस्तो
आकाशको बिशाल फाट जस्तो
सायद तिम्रो नै प्रेमको रुप होला
प्रतीक्षाको पवित्र दीप जस्तो ।
…
मुहार फिक्का भए जस्तो
हासो कैद भए जस्तो
हो दर्पणमा आफ्नै बिम्ब अपरिचित भएपछि
प्रेम जन्जिर भए जस्तो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



