बोका आखिर बोकै हो

कविताः बिग्रेको पाठी र बोका

बिके माकजु
भक्तपुर

म्याँ म्याँ गर्दै उफ्रिने बाठी
कराउन म्याँ नजान्ने लाटी
जस्तोसुकै होस् पाठी
बोकाको अगाडि उचाल्दै पुच्छर
पाठी उफ्रिए बुद्रुक बुद्रुक
नजाती त्यो पाठी
गोठ घाती त्यो पाठी ।

बोका आखिर बोका हो
पाठीको पुच्छरमुनि सुँघ्छ
आफुले आफ्नै थुतुनो मुत्छ
चाख्छ मुत्
हाँस्छ थोते दाँत पसारेर
अनि पाठीको जिउमाथि चढ्छ
बेफिकर बोकाले जनाउँछ जात
पाठीको साथ ।

बोकाले जात जनाउनु पनि पर्छ
पाठीमाथि बोका चढ्नु पनि पर्छ
बोका खसी झैं लाटो भए
कसरी उत्पादन हुन्छ पाठी र पाठो
कहाँ भरिन्छ गोठ
त्यसैले,
चढ्दा बोकाले पाठी
बोकाको हुँदैन दोष ।

बोका माथि नछोपेर मौका
पाठीले राख्नुपर्छ हेक्का
किनकि ,
प्रजननयोग्य हुन पाठी
हुनुपर्छ बाख्रा
अन्यथा पाठीलाई हुनसक्छ खतरा ।

उम्रिदै तीनपात भने जस्तै
कलिलैको पाठी म्याँ म्याँ मु मु गर्दै
बोकासँग दिन रात गरे मस्ती
त्यो पाठीले पाउँछ सास्ती
गोठालोलाई झोक चल्यो कि
पाठी बैला बस्यो कि
डाक्छ बगरे
लगाउँछ चुपी र खुकुरीमा धार हाल्न
पठाउँछ बिग्रेको पाठी काट्न ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button