… जब तिमीसित कुरा गर्न पाउँदिन

कविताः नराम्रो लाग्छ

सुप्रिया खनाल

नराम्रो लाग्छ
जब तिमीसित कुरा गर्न पाउँदिन
हो, नराम्रो त लाग्छ नै
जब तिमी मेरो भावनाहरु बुझ्न सक्दैनौ
त्यसैले नराम्रो लाग्छ
किनकी हरेक आशा मात्र तिमीमै हुन्छन्
मेरो चाहनाहरु मात्र तिमीमा हुन्छन्
तर यस्तो हैन कि …
तिम्रो मुस्किलहरु बुझ्दिन म
तर यस्तो हैन कि … ।

तिम्रो तड्पाइ मैले देख्न सक्दिन
तिमीप्रति आफुभन्दा बढी भरोसा छ
तिमी मलाई जानिजानी दुख दिँदैनौ
तिमीलाई यति त बुझ्छु म ।

परिवारको जिम्मेवारी
तिमीमा छ …
पुरा घरलाइ सहाल्छौ तिमी
काममा अल्झेर …
खानेकुरालाई पनि नदेखे झै गरिदिन्छौ तिमी
जति नै नैरश्यता होस्
जति बिरामी होस्
सबैको ख्याल राख्छौ तिमी
सबैको लागि के राम्रो छ
हर समय यहि सोच्छौ तिमी
आफैलाई समय दिँदैनौ
तर सबैको मद्दतको लागि तयार छौ तिमी
आफ्नो नै जिन्दगीमा आफ्नै लागि समय छैन तिमीसित
तर हरकामको लागि समय निकाल्छौ तिमी
बिहानदेखि बेलुकासम्म सबैको इच्छा पूरा गर्छौ तिमी
कहिल्यै आफ्नै लागि एक प्रार्थना गर्दैनौ तिमी
यो सब देख्न सक्छु म
तिम्रो हर निराशपन बुझ्न सक्छु म
चाहेर पनि तिम्रो पिडा कम गर्न सक्दिन
तर तिम्रो लागि म पिडा नबनु
यति जान्दछु म
धेरै त नसही तर
यति त बुझ्न सक्छु नि म ।

गर्व लाग्छ तिमीमा
कि तिमी हर सम्बन्धलाई सम्हालेका छौ
पैसा कमाएर पनि साधारण जिन्दगी जिउदैछौ
सबैको लागि खर्च गरिदिन्छौ
सबैको जरुरत पुरा गरिदिन्छौ
आफ्नो लागि चार पैसा राख्दैनौ
आफ्नो हर चाहनालाई मारिदिन्छौ तिमी
कहिलेकाँही सोच्छु
म धेरै भाग्यमानी छु जो तिमीलाई पाए
मेरो लागि सबै हौ तिमी
हो, तर नराम्रो त लाग्छ नै
जब तिमी समय दिदैनौ
तर बुझ्छु म कि सबै सम्हाल्दै छौ तिमी
तिमी जानेर त केही गर्दैनौ
केहि खास हैन
आफ्नो साथ त दिनसक्छु नै म
तिमीलाई हक छ थोरै टाढा हुनलाई
तिमीलाई हक छ कुरा नगर्ने
बस यति थाहा पाउ
म हर हालमा तिम्रो साथमा छु
मात्रै तिम्रो, मात्रै तिम्रो …


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button