समाजवाद अर्थात् मसाजवाद

कविता

दीन पन्थी

घिउ खाएर जिउ बनाउने नेपाली
भटमासको बीउ खाएर
भ्यु टावर हेर्ने भए
भ्यु नै नहुनेहरूले भ्युटावर बनाए
भान्सामा खुर्सानी छैन
साथीहरू जाइफल बाँड्न थाले
अनिकाल परेर के हुन्छ र !
संविधानको धाराबाट झरिरहेछ
खान पाउने अधिकार
लाउन पाउने अधिकार
उपचार पाउने अधिकार
तर
त्यहाँ रहेनछ
भोकभोकै मर्न पाउने अधिकार
उपचार नपाई मर्न पाउने अधिकार
कति राम्रो मेरो देश
जहाँ पाइन्छ हेर्न दिनदिनै
सडकनाटक र नौटंकीहरू
निशुल्क
समाजवाद अर्थात् मसाजवाद
जिन्दावाद ! जिन्दावाद !!


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button