
म जो हुँ, मै हुँ, सायद अरूभन्दा फरक हुँ प्रिय
सरोज अधिकारी
रसुवा
तिम्रा ती नयनको गहिराईमा डुबुल्की मारेपछि
उत्रिनै मन लाग्दैन
तिम्रो मुहारमा हराएपछि भेटिन मन लाग्दैन मलाई
गजबको मृगतृष्णा छ, सबथोक भुला’छौ तिमी
तर तिमीलाई भुल्न असम्भव छ ।
तिमी नलेखिएको परिभाषा हौ
नदेखिएको सौन्दर्य हौ
प्रिय तिमी गजब छौ
मैले महसुस गर्छु
बयान गर्न सक्दिन
र, म विचारहरूको खोला हुँ
इच्छाहरूको आकाश हुँ
म सपनाहरूको सागर हुँ
म सोचाईहरूको लहर हुँ
म …
असफलताको अध्याय र सफलताको एक हरफ हुँ ।
म जो हुँ, मै हुँ, सायद
अरूभन्दा फरक हुँ प्रिय ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



